सर्लाहीमा १३१ उम्मेदवार कायम

२०८२ माघ १०, शनिबार ०९:३७

मलंगवा  – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही जिल्लामा १३१ जना उम्मेदवार कायम भएका छन् । चार वटै निर्वाचन क्षेत्रमा १३३ जनाको उम्मेदवारी दर्ता भएकामा निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि १३२ जना उम्मेदवार कायम भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका भरत कुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी फिर्ता लिँदै पार्टीका आधिकारिक उम्मेदवार प्रमोदकुमार साहलाई समर्थन जनाएका छन्।

थापा बागमती नगरपालिकाका निलम्बित नगरप्रमुखसमेत हुन्। यस्तै, क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका महेश प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका छन्।  अन्तिम सूची अनुसार सर्लाहीमा ६१ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन् भने ७० जना स्वतन्त्र उम्मेदवार छन्। कुल उम्मेदवारमध्ये ६ जना महिला रहेका छन्। जिल्लामा अब क्षेत्र नम्बर १ मा २८ जना, क्षेत्र नम्बर २ मा ३१ जना, क्षेत्र नम्बर ३ मा ३४ जना र क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३८ जना उम्मेदवार रहेका छन्।

उम्मेदवारको अन्तिम नामावली टुंगिएसँगै अब दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिन्हसहित मतपत्र छपाइका लागि निर्वाचन आयोगमा विवरण पठाइने मुख्य निर्वाचन अधिकृत थपलियाले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार