काँग्रेस एमालेसहितको गठबन्धनबाट मधेशमा चार राष्ट्रिय सभा सदस्य निर्वाचित

२०८२ माघ ११, आईतवार १९:३७

सर्लाही – मधेश प्रदेशबाट राष्ट्रियसभाका चारवटै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच भएको सहकार्यले मधेशमा परिणाम आफ्नो पक्षमा पारेको हो।

निर्वाचन परिणामअनुसार अल्पसंख्यकतर्फ कांग्रेसका रञ्जित कर्ण र दलिततर्फ धर्मेन्द्र पासवान राष्ट्रियसभामा निर्वाचित भएका छन्। त्यसैगरी महिलातर्फ एमालेकी रेखा झा तथा अन्य समूहबाट जसपाका महन्थ ठाकुर विजयी भएका छन्।

यस नतिजासँगै मधेश प्रदेशमा गठबन्धनको राजनीतिक प्रभाव थप सुदृढ भएको देखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार