सर्लाहीमा डाँका मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

२०८२ माघ १२, सोमबार ०७:४१
File image

मलंगवा – डाँका मुद्दामा २१ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

रामअशिष महतोको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी बिल्टु महतो समेत रहेको डाँका मुद्दामा वारदात मिति २०६१ साल वैशाख ९ गतेदेखि फरार रहेका प्रतिवादी बिल्टु महतो पक्राउ परेका हुन्।

सर्लाहीको कविलासी नगरपालिका – ७ निवासी ४४ वर्षीय बिल्टु महतोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा गएको माघ १० गते दिउँसो करिब साँढे २ बजे हरिवन नगरपालिका – ५ मा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

उक्त मुद्दामा अदालतबाट प्रतिवादी महतोविरुद्ध लागत नं. २७९१ कसिएको, ६ वर्ष कैद र २ लाख ७९ हजार ६ सय रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउ परेका महतोलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार