निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष राउतलाई सोध्यो स्पष्टीकरण

२०८२ माघ १४, बुधबार २१:०७
file image

सर्लाही – निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष तथा सप्तरी–२ का उमेदवार चन्द्रकान्त राउत (सीके) सँग स्पष्टीकरण सोधेको छ ।

राउतले निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र पार्टीको झन्डा प्रयोग गरी तोरण बनाई प्रदर्शन गरेको भन्दै आयोगमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले राउतलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले सबै उमेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः आग्रह गर्दै उल्लंघन पाइए कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार