मधेसमा माग १८ गते सार्वजनिक बिदा

२०८२ माघ १५, बिहीबार १८:५१
सांकेतिक तस्बिर

सर्लाही – मधेस प्रदेश सरकारले रविदास जयन्तीको अवसरमा आगामी आइतबार ( माघ १८ गते ) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालद्वारा बिहीबार जारी सूचना अनुसार, प्रदेश मन्त्रिपरिषद्को मंसिर १६ गतेको निर्णय कार्यान्वयन गर्दै उक्त दिन सार्वजनिक बिदा दिइने भएको हो।

दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र आस्थाका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा उनीहरूको सम्मानस्वरूप बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।

प्रदेश सरकारको यस कदमलाई सामाजिक समावेशिता र सांस्कृतिक सम्मानको सन्देशका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार