सर्लाहीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ माघ १७, शनिबार १२:१५

मलंगवा – सर्लाहीको गोडैतामा उखु बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ गोडैता नगरपालिका – ४ रहुवास्थित हुलाकी सडक खण्डमा उखुको भारीले च्यापिँदा ट्रयाक्टर चालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा म.प्र.०३–००१ त ७९०५ नम्बरको ट्रयाक्टरका चालक रौतहटको राजदेवी नगरपालिका – ६ मोहनपुरका ३० वर्षीय राजु पटेलको मृत्यु भएको हो। गडहियाबाट बगदहस्थित महालक्ष्मी चिनी उद्योगतर्फ उखु ढुवानी गर्दै जाने क्रममा ट्रयाक्टरमा अचानक ब्रेक लाग्दा उखुको भारी असन्तुलित भई चालककै माथि खसेको थियो।

घटनापछि गम्भीर घाइते भएका पटेललाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार