परराष्ट्र मन्त्रालयले भन्यो – इरान भ्रमण तत्काललाई स्थगित गर्नू

२०८२ माघ १८, आईतवार १९:०२

सर्लाही – परराष्ट्र मन्त्रालयले इरान भ्रमण गर्ने तयारीमा रहेका नेपाली नागरिकलाई तत्काल यात्रा नगर्न आग्रह गरेको छ । आइतबार मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै हालको अवस्था सामान्य नभएसम्म इरान जानका सबै योजना स्थगित गर्न अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार अमेरिका र इरानबीच बढ्दै गएको तनावका कारण इरानको सुरक्षा अवस्था जोखिमपूर्ण बन्दै गएको छ । यही परिस्थितिलाई मध्यनजर गर्दै नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी यस्तो निर्णय लिइएको बताइएको छ ।

यसैगरी, हाल इरानमा बसोबास वा रोजगारीमा रहेका नेपालीहरूलाई पनि उपलब्ध सुरक्षित माध्यम प्रयोग गरी सकेसम्म चाँडो देश छोड्न सुझाव दिइएको छ । आपतकालीन अवस्थामा सहज रूपमा बाहिरिन सकियोस् भनेर राहदानी, परिचयपत्रलगायत आवश्यक यात्रा कागजात सधैं तयार राख्न मन्त्रालयले आग्रह गरेको छ ।

समन्वय तथा सहयोगका लागि इरानमा रहेका नेपाली नागरिकलाई दोहास्थित नेपाली दूतावास तथा काठमाडौंस्थित परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्कमा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार