मलंगवा – सर्लाहीको गोडैतामा एक पुरुष मृत फेला परेका छन्। आज ( मंगलबार ) बिहान गोडैता नगरपालिका – ४, रोहुवामा रामनगर गाउँपालिका – ५, बिर्ता टोलका ५० वर्षीय सुरेन्द्र ठाकुर मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार बाटोको छेउमा उनलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शरिरमा त्यस्तो कुनै चोटपटक देखिएको छैन भने मृत्युको कारण खुल्न सकेको छैन।

अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





