मलंगवा – नेपाल–भारत सीमाको सुरक्षा सुदृढ पार्ने उद्देश्यले सर्लाहीको पर्सा गाउँपालिका वडा नं. १ र २ अन्तर्गत पर्ने दशगजा क्षेत्रमा आज संयुक्त सीमा गस्ती गरिएको छ।
आज ( शनिबार ) दिउँसो करिब १२:०० बजेदेखि सुरु भएको गस्ती इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक सुशिल रावलको कमाण्डमा ४ जना, बिओपि संग्रामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप पनेरुको कमाण्डमा ७ जना तथा भारतीय सशस्त्र सीमा बल (एसएसबि) ५१ बटालियनका इन्सपेक्टर राहुल सिंह ढाकाको कमाण्डमा ५ जना गरी संयुक्त टोलीको सहभागितामा सञ्चालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संयुक्त टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नं. ३१७/३ देखि पिलर नं. ३१८/२३ सम्मको क्षेत्रमा सीमा गस्ती गर्दै सीमा सुरक्षा, आवत जावतको अवस्था तथा सम्भावित अवैध गतिविधिहरूको अनुगमन गरेको थियो।





