मलंगवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) भोलि (बुधबार) बिहान सर्लाही जिल्ला आउनु हुने भएको छ।
सर्लाही भ्रमणका क्रममा वरिष्ठ नेता साहले जिल्लाका विभिन्न स्थान हुँदै यात्रा गर्ने कार्यक्रम तय भएको छ। पार्टीका जिल्ला नेताहरुका अनुसार उहाँको यात्रा फुलजोरबाट सुरु भई ईश्वरपुर, बबरगञ्ज, पोखरिया र बरमपुरी हुँदै सदरमुकाम मलङ्गवामा पुग्नेछ।

त्यसपछि, उहाँले धार्मिकस्थल चमेली माईको दर्शनका साथै चक्रघट्टा, कौडेना, गोडैता, छतौना र हिरापुर बैरेज हुँदै बरहथवामा पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि, उहाँ बरहथवाबाट नयाँ रोड हुँदै बागमतीतर्फ लाग्ने जनाइएको छ।
भ्रमणका क्रममा उहाँले स्थानीय समस्या, विकास र समसामयिक राजनीतिक विषयमा अवलोकन तथा भेटघाट गर्ने अनुमान गरिएको छ।





