मलंगवा – प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा सार्वजनिक गरेको छ । जसमा सबैभन्दा कम अंक चन्द्रनगर गाउँपालिकाको आएको छ ।
आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा सर्लाहीमा सबैभन्दा राम्रो बरहथवा नगरपालिका र सबैभन्दा कमजोर स्थानीय तह चन्द्रनगर गाउँपालिका देखिएको हो।

चन्द्रनगर गाउँपालिकाले ३५.१६ अंक प्राप्त गरेको छ। आयोगले स्थानीय तहहरूले गर्ने बजेट तर्जुमा, खर्चको अवस्था, राजस्व परिचालन, सुशासन र सेवा प्रवाह जस्ता विभिन्न १७ वटा सूचकका आधारमा मूल्याङ्कन गर्ने गर्दछ।
१७ वटा सूचकमा चन्द्रनगर गाउँपालिकाले जम्मा ८ वटा सूचकमा मात्र अंक प्राप्त गरेको छ, भने बाँकि ९ वटा सूचकमा शून्य अंक प्राप्त गरेको छ। यस्तै, मधेशमै चन्द्रनगर गाउँपालिका सबैभन्दा कम्जोर १० स्थानीय तहमा ७ नम्बरमा परेको छ।
यो पालिकालाई अध्यक्ष राज कुमार महतोले भ्रस्टचारको अखडा बनाएको आरोपहरु लाग्ने गरेका छन्। यस्तै, बिभिन्न मूल्याङ्कनमा पालिकाको अवस्था नाजुक हुँदै जाँदा पालिकाका वासीहरु थप आक्रोशित बन्दै गएका छन्।
यसका साथै, अध्यक्ष महतोले पालिकामा आफ्ना नातेदार र आफ्नो जातका अधिकाँशलाई करारमा नियुक्ति समेत गरेका छन्। बेतिथीले भरिपूर्ण यो पालिकाको बेरुजु रकम समेत जिल्लामा उच्च तहमा रहने गरेको छ।
लेखापरीक्षण, विद्यालयमा विद्यार्थी टिकाउ दर र स्वास्थ्य सेवा जस्ता आधारभूत सूचकहरूमा चन्द्रनगरको अंक न्यून रहेको छ भने अधिकांशमा सून्य अंक प्राप्त गरेको छ।
यसरी कार्यसम्पादनमा कमजोर देखिने स्थानीय तहहरूले आगामी दिनमा सङ्घीय सरकारबाट प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानमा समेत कटौतीको सामना गर्नुपर्ने हुनसक्छ ।
यो पनि पढ्नुहोस:
– चन्द्रनगरमा नातावादको चरम सीमा : अध्यक्ष महतोमाथि ‘आफन्त भर्ती केन्द्र’ बनाएको आरोप
– कार्यसम्पादन मूल्यांकनमा बरहथवा नगरपालिका जिल्लाकै प्रथम, अन्तिममा चन्द्रनगर गाउँपालिका





