मलंगवा – प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ मा निर्वाचन आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री हटाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन अधिकृत होमप्रसाद घिमिरे र प्रमुख कोष नियन्त्रक पदम पौडेलसहितको अनुगमन टोलीले क्षेत्रमा निरीक्षण गर्दै नियमविपरीत राखिएका ब्यानर, तुल, झण्डा लगायतका प्रचार सामग्री हटाएको जनाएको छ।

अनुगमन टोलीले निर्वाचन प्रक्रिया स्वच्छ र व्यवस्थित बनाउन अभियानकै रूपमा प्रचार सामग्री व्यवस्थापन गरिरहेको बताएको छ। जिल्लाका अन्य क्षेत्रमा पनि अनुगमन गरेर यसरि आचारसंहिता उल्लङ्घन गर्ने प्रचार सामग्री हटाईएको निर्वाचन कार्यालयले जनाएको छ।





