पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८२ फाल्गुन ३, आईतवार २१:१२
सांकेतिक तस्बिर

सर्लाही – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल-मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल-मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

निगमका अनुसार, मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ । त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार