सर्लाही – रुपन्देही–३ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का तर्फबाट उम्मेदवारी दिएका केन्द्रीय सदस्य श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
भैरहवामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय नेताहरूको उपस्थितिमा यादवलाई पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको र अब रुपन्देही–३ मा एमालेका उम्मेदवार वासुदेव घिमिरेको पक्षमा सक्रिय समर्थन गर्ने घोषणा गरे।

यादवले रुपन्देही–३ का मतदाताको झुकाव एमालेतर्फ स्पष्ट देखिएको दाबी गर्दै राष्ट्रियता र स्थायित्वको सवालमा एमाले बलियो राजनीतिक शक्ति रहेको निष्कर्षसहित पार्टी परिवर्तन गरेको बताएका छन्।





