धनकौल – सर्लाहीको बसबरीया गाउँपालिका – ४, गोनर्वामा बुधबार दिउँसो सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार ‘अनटेष्ट’ लेखिएको सिटी सफारी अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बसबरीया गाउँपालिका – ४ कै ५५ वर्षीय चालक सुरेश पटेललाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिटीमा सवार अर्का एकजना घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था निगरानीमा रहेको प्रहरीको भनाइ छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





