सर्लाही – धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतो रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा सोमबार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो।

महतोको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। मोटरसाइकललाई ठक्कर दिने टिपर चालक, टिपर तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





