रास्वपा सभापति लामिछाने आज सर्लाही आउँदै

२०८२ फाल्गुन १३, बुधबार ०७:३७
file image

धनकौल – राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने आज सर्लाही आउँने भएका छन्।

रास्वपा नेता तथा सर्लाही–४ का उम्मेदवार डा. अमरेश कुमार सिंहले हिँजो (मंगलबार) नै सभापति लामिछाने भोलि सर्लाही – ४ मा आउँने जानकारी दिँदै सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहपूर्वक उपस्थित भई सभापति लामिछानेलाई स्वागत गर्न अनुरोध गरेका थिए।

सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन्। उनि दिउँसो २ : १५ बजे सर्लाहीको लालबन्दी आउने छन्। त्यसपछि बयलबास, हरिपुर्वा, मलंगवा, गोडैता, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै साँझ ५:१० बजे रौतहटतर्फ जाने बताईएको छ।

सभापति लामिछानेको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू स्वागत कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा जुटेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार