विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ फाल्गुन १८, सोमबार १६:३६
सांकेतिक तस्बिर

सर्लाही – सिरहामा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको सिरहा नगरपालिका–२, डोम्बा खातामा ५० वर्षीया घुरनीदेवी साहको करेन्ट लागेर सोमबार आज दिउँसो मृत्यु भएको हो।

प्रहरीका अनुसार आफ्नै घरको कलमा जडान भएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार