धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते

२०८२ फाल्गुन १९, मंगलवार १८:३१

सर्लाही – धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते भएका छन्। जिल्लाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना स्थानीय बालक घाइते भएका हुन्।

प्रहरीका अनुसार बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको दुई जना स्थानीय बालकको खुट्टाले छोएपछि उक्त बस्तु विस्फोट भएको थियो ।

विस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दुबै खुट्टामा सामान्य चोट लागेको छ भने ८ वर्षीय सुशील माझीको शरीरका विभिन्न अंगहरुमा सामान्य चोट लागेको छ ।

अहिलेसम्म विस्फोट भएको वस्तुको यकिन हुन नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार