सर्लाहीमा मतदातालाई रकम वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ

२०८२ फाल्गुन २०, बुधबार ०७:५७

मलंगवा – सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका – २, निवासी ६५ बर्षिय पुरुषोत्तम यादव रहेका छन्।

उनलाई गएराती सोहि ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार