मलंगवा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका-९ स्थित सर्लाही कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन्। कारागारमा व्यवस्था गरिएको मतदान केन्द्रमार्फत कैदीबन्दीले मतदान गरेका हुन्।
सहायक मतदान अधिकृत रिन्कु महतोका अनुसार कारागारमा रहेका कुल ३४ जना कैदीबन्दीले मतदान गरेका छन्। उनका अनुसार सबै कैदीबन्दीले मतदान गरेका छन्।

निर्वाचन प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो। कैदीहरुका लागि तोकिएको समयमै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





