सर्लाही–३ मा नेकपाका नारायणकाजी श्रेष्ठ भन्दा रास्वपाका नरेन्द्र साह कलवार अगाडी

२०८२ फाल्गुन २२, शुक्रबार १४:५७

सर्लाही – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ।

आज दिउँसो २:३७ बजेसम्म सार्वजनिक गरिएको विवरण अनुसार हालसम्म २ हजार ९२३ मत गणना सम्पन्न भएको छ। प्राप्त मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार अग्रस्थानमा रहेका छन्। उनले १ हजार ९३४ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठले ३६६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमाले का हरि उप्रेती ले १६६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस का बिनोद कुमार खनाल ले १३७ मत प्राप्त गरेका छन्।

हालसम्म २०६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सर्लाही–३ मा कुल १ लाख ३४ हजार ४१२ मतदाता रहेका छन् भने ८२ हजार २७२ मत खसेको प्रारम्भिक विवरण छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार