सर्लाही ४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

२०८२ फाल्गुन २३, शनिबार २०:३०

गोडैता – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश कुमार सिंहले अग्रता कायम राखेका छन्।

हालसम्म ५१ हजार ४१६ मत गणना हुँदा डा. सिंहले २२ हजार ८६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले १५ हजार ५३ मत ल्याएका छन्।

यस्तै, नेकपा एमालेका अमनिश कुमार यादवले ६ हजार ४३६ मत प्राप्त गरेका छन् भने नेकपाका रजनीश राय यादवले १ हजार १८६ मत पाएका छन्। मतगणना सुरु भएदेखि नै सिंहले अग्र स्थानमा रहदै आएका छन्।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदाता रहेकोमा ७७ हजार ९३१ मत खसेको छ। हालसम्मको गणनामा ३ हजार १०९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लाका चार वटा क्षेत्रमध्ये १ र २ मा रास्वपाका उम्मेदवार बिजयी भईसकेका छन् भने क्षेत्र नम्बर ३ मा समेत रास्वपाका उम्मेदवारको जित सुनिश्चत भईसकेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार