सर्लाही – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। दुवै क्षेत्रमा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित हात पारेको हो।
सर्लाही – ३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठ ले १३ हजार ३३८ मत प्राप्त गरेका छन्। त्यसैगरी, नेपाली कांग्रेसका विनोद कुमार खनाल ले ६ हजार ६२४ मत र नेकपा एमालेका हरी प्रसाद उप्रेती ले ५ हजार ७७६ मत प्राप्त गरेका छन्।

यस्तै, सर्लाही – ४ मा पनि रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्। सिंहले थापालाई १२८५७ मतले हराएका छन्।
नेकपा एमालेका अमनिश कुमार यादव ले ९ हजार ३४३ मत ल्याउँदा जनमत पार्टीका राकेश मिश्र ले १ हजार ५७२ मत प्राप्त गरेका छन्। साथै, सर्लाही – १ मा रास्वपाकै नीतिमा भण्डारी कार्की र क्षेत्र नम्बर २ मा रबिन महतो बिजयी भएका छन्। यस संगै जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हाशिल गरेको छ।





