सर्लाही – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ सर्लाही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ। सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार जिल्लाका चारै वटा निर्वाचन क्षेत्रमा रास्वपाले अन्य दलहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै अग्रस्थान कायम गरेको हो।
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले ४६ हजार ४ सय ४१ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ६ हजार ३ सय ६५ मत प्राप्त गर्दा नेकपा एमालेले ४ हजार ६ सय २९ मत ल्याएको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ४ हजार १ सय ९१ मत र राष्ट्रिय परिवर्तन पार्टीले ३ हजार ४ सय ७२ मत पाएका छन्।

यस क्षेत्रमा कुल १ लाख ३१ हजार ६८ मतदाता रहेकोमा ७९ हजार ४ सय ९० मत खसेको थियो। तीमध्ये ७६ हजार ९ मत सदर र ३ हजार ४ सय ८१ मत बदर भएको छ। यसघि यस क्षेत्रमा प्रत्यक्षतर्फ पनि रास्वपा कै नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी थिइन्। उनले भण्डारीले ४४ हजार १८१ मत प्राप्त गरेकी थिइन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाले ४७ हजार ६ सय ४९ मतसहित पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेसले ६ हजार ३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ७ सय ९७ मत ल्याएको छ।
रास्ट्रिय मुक्ति पार्टीले ४ हजार ५ सय ७६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १ हजार ८ सय ७ मत प्राप्त गरेको छ। यस क्षेत्रमा पनि यसघि प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार रबिन महतो विजयी भएका छन्। उनले ४२ हजार ५१२ मत प्राप्त गर्दै विजयी भएका थिए।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाले ४८ हजार ७ सय ६५ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेको छ। यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले ७ हजार ९ सय ५५ मत ल्याएको छ भने नेकपा एमालेले ५ हजार २ सय ८८ मत प्राप्त गरेको छ। राष्ट्रिय परिवर्तन पार्टीले ५ हजार २ सय ३१ मत पाउँदा नेपाली कांग्रेसले ५ हजार १ सय ४८ मत प्राप्त गरेको छ।
कुल १ लाख ३४ हजार ४ सय १२ मतदाता रहेको यस क्षेत्रमा ८१ हजार ९ सय १६ मत खसेको थियो। तीमध्ये ७९ हजार ९३ मत सदर र २ हजार ८ सय २३ मत बदर भएको छ। यस क्षेत्रमा पनि प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाले ४५ हजार ५ सय १६ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेको छ। नेपाली कांग्रेसले १८ हजार ८१ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ५ हजार ५ सय ३६ मत ल्याएको छ। नेपाली कम्युनिष्ट पार्टीले १ हजार २ सय १५ मत प्राप्त गरेको छ।
यस क्षेत्रमा कुल ७८ हजार ८१ मत खसेकोमा ७५ हजार ४ सय ६३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा पनि प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका थिए।
अन्तिम परिणाम अनुसार सर्लाहीका सबै क्षेत्रमा समानुपातिकतर्फ रास्वपाको मत उल्लेख्य रूपमा देखिएको छ।
यो पनि पढ्नुहोस :
– सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’





