सर्लाही – नेपाली कलाकारहरूको अभिनयमा तयार गरिएको भोजपुरी गीत “हमर वाला सब से झकास बा” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उक्त भिडियो लजिक म्युजिक वर्ल्ड ( Logic Music World ) नामक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
सार्वजनिक गरिएको भिडियोमा कलाकार सद्दाम हुसेन र पवित्रा आचार्यको मुख्य अभिनय देख्न सकिन्छ।गीतमा गायक उपेन्द्र पण्डित र भोजपुरी चर्चित गायिका शिल्पी राजको स्वर रहेको छ। सङ्गीत संयोजन बिक्की गुल्दस्ताले गरेका हुन् भने गीतका शब्द केपी संगमले लेखेका छन्।

गीत निर्माणमा नुर आलम बादशाहको विशेष सहयोग रहेको जानकारी दिइएको छ। उक्त गीत ट्युन स्टुडियो एण्ड टिममा रेकर्ड गरिएको हो। भिडियो सम्पादन निखिल सन्तोषले गरेका छन् भने निर्देशन नवीन नेपालीले गरेका हुन्।
गीतका निर्माता स्वयं गायक उपेन्द्र पण्डित रहेका छन्। गीत निर्माणका क्रममा चन्दन यादवले विशेष सहयोग गरेका छन्। साथै, भिडियोमा अभिषेक चौधरी, गजेन्द्र प्रसाद कुश्वाहा, रोहित सिंह र सुरभि साहको पनि उल्लेखनीय सहयोग रहेको छ।
मधेस प्रदेशका विभिन्न चर्चित तथा पर्यटकीय स्थानहरू जस्तै चन्द्रपुर, भरतताल, नुन्थर खोला, डम्बर खोला तथा महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा भिडियोको छायांकन गरिएको छ। यस म्युजिक भिडियोको डिजिटल व्यवस्थापन पिकेएस डिजिटल प्रा. लि. ले गरेको बताइएको छ।





