सर्लाही – मधेश केन्द्रित दलहरूको साझा मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक आज काठमाडौंमा सुरु भएको छ।
बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बबरमहलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ। हालै सम्पन्न निर्वाचनमा मोर्चा आबद्ध दलहरूले प्रतिनिधित्व गर्न नसकेको अवस्थापछि समग्र परिणामको समीक्षा गर्न बैठक बोलाइएको बताइएको छ।

यस पटक उनीहरूले संसदमा एक सिट पनि जित्न नसकेको पृष्ठभूमिमा निर्वाचन परिणाम, संगठनात्मक अवस्था र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भइरहेको स्रोतले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आगामी दिनमा मोर्चालाई सशक्त बनाउने विषयमा पनि विचार विमर्श हुने बताइएको छ।





