सर्लाहीमा दश किलो गाँजासहित युवक पक्राउ

२०८२ फाल्गुन ३०, शनिबार ११:४७

मलंगवा – सर्लाहीमा दश किलो गाँजासहित युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–११ बाहुनीटोल निवासी २१ वर्षीय सोम तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई बिहिबार राति जिल्लाको लालबन्दी नगरपालिका–१२ पत्थरकोटदेखि जियाजोरतर्फ जाने सडकखण्डबाट गाँजासहित पक्राउ गरिएको हो।

उक्त स्थानमा उनले चलाएको बा ४७ प ८६६४ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको पछाडि सिटमा बाँधेर ल्याइएको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १० किलो ४१४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गाँजासहित तामाङलाई पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार