सर्लाही – सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ‘श्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’गृहमन्त्री अर्यालले निर्णय सुनाउँदै भने ।

त्यस्तै, जेनजी आन्दोलनको क्रममा भएको घट्ना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने पनि निर्णय भएको छ । – नेपाल न्युज बैंक





