सर्लाही – दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि, फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।





