सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिँदै

२०८२ चैत्र ३, मंगलवार २०:२१
File image

मलंगवा – सर्लाहीबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन्।

आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल ११ हजार ३ सय ७१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ।

इकाइका अनुसार नियमिततर्फ १० हजार २८५ र ग्रेडवृद्धितर्फ १ हजार ८६ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन्। यस वर्ष सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ।

प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि भने जिल्ला सदरमुकाम मलङ्गवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। सर्लाहीमा प्राविधिक धारतर्फ नियमित परीक्षा दिने ३३१ जना र ग्रेडवृद्धितर्फ १६ जना परीक्षार्थी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार