सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले पार्टीबाट राजीनामा लिएका हुन् । सभापति थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए ।

यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गेरेको थियो ।





