आर्थिक गणना २०८२ सुरु गर्न सर्लाहीमा जिल्ला कार्यालय स्थापना

२०८२ चैत्र ५, बिहीबार ११:१३
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा आगामी आर्थिक गणना २०८२ सञ्चालनका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। सदरमुकाम मलंगवास्थित कृषि ज्ञान केन्द्रको कार्यालय रहेको भवनमै जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको हो।

जिल्ला आर्थिक गणना कार्यालय सर्लाहीका अनुसार गणनाको पूर्वतयारी अन्तर्गत चैत २० देखि २५ गतेसम्म आवश्यक सङ्ख्यामा गणक र सुपरीवेक्षक छनोट गरिनेछ। छनोट भएका जनशक्तिलाई चैत २६ देखि ३० गतेसम्म तालिम प्रदान गरिनेछ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित जिल्लाभर रहेका दर्ता भएका तथा नभएका उद्योग, कलकारखाना, प्रतिष्ठान तथा साना ठूला व्यवसायमा पुगेर तथ्याङ्क संकलन गरिनेछ।

यसअघि २०७५ सालमा देशभर पहिलोपटक आर्थिक गणना गरिएको थियो। दोस्रो चरणको आर्थिक गणना भने २०८२ साल बैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार