मलंगवा – सर्लाहीमा एक युवकमाथि भएको चक्कु प्रहार प्रकरणलाई लिएर नेपाली कांग्रेस सर्लाहीले निष्पक्ष छानबिन गर्न माग गरेको छ। पार्टीले घटनालाई लिएर निर्दोष व्यक्तिलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको आरोपसमेत लगाएको छ।
आज ( आईतबार ) नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले जिल्ला प्रशासन कार्यालय मलंगवामा ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र निर्दोषलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेको हो।

बसबरिया गाउँपालिका – २ स्थित मनपुर बैरग नजिक करिब एक वर्षअघि होली पर्वको दिन राति भएको झडपका क्रममा एक युवकमाथि चक्कु प्रहार भएको थियो। पिडितले नेपाली कांग्रेस सर्लाहीका निवर्तमान अध्यक्ष सुरेन्द्र सिंहसहित १० जना विरुद्व जाहेरी दिएका छन्।





