नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

२०८२ चैत्र १५, आईतवार १६:२७
file image

सर्लाही – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

आइतबार पेरिसडाँडामा बसेको बैठकलाई उनलाई सर्वसम्मत दलको नेता चयन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता रमेश मल्लले बताए ।

उनले भने, ‘पार्टीको आज संसदीय दलको पहिलो बैठक बसेको हो । पार्टी पहिलो बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ सर्वसम्मत रुपमा । बैठकले दल नेतालाई बधाई प्रस्ताव पेस गरेको थियो त्यसलाई सर्वसम्मत रुपमा पास गर्यौं ।’

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सीट रहेको छ । – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार