पर्सामा हातखुट्टा बाँधेर श्रीमतीको खुट्टा काट्ने श्रीमान पक्राउ

२०८२ चैत्र १५, आईतवार १७:१४
साङ्केतिक तस्बिर

सर्लाही – पर्सामा हातखुट्टा बाँधेर श्रीमतीको खुट्टा काट्ने एक जना श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० बर्षिय विश्वनाथ सहनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनले गत चैत १ गते हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको धारिलो हतियार प्रयोग गरेर बाँया खुट्टामा पैतला भन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएका थिए ।

घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो भने उनि फरार भएका थिए। फरार रहेका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार