रौतहट जिल्ला अदालतका कर्मचारी ५० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ

२०८२ चैत्र १७, मंगलवार १९:४५

सर्लाही – रौतहट जिल्ला अदालतमा कार्यरत एक कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अदालतका डिठ्ठा लव कुमार सिंहलाई ५० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार अदालतको फैसला कार्यान्वयन गरी दाखिला पुर्जी मिलाएर जग्गा फुकुवा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए। उक्त विषयमा परेको उजुरीपछि हेटौँडास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले निगरानी राख्दै आएको थियो।

सोही क्रममा सिंहलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइरहेको अवस्थामा गौर नगरपालिका – १ स्थित जिल्ला अदालत परिसरबाटै आज ( मंगलबार ) दिउँसो रंगेहात पक्राउ गरिएको हो।

रंगेहात पक्राउ परेका उनको साथबाट घुसबापतको नगद रकम र एक मोबाइल फोन बरामद गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार