सर्लाहीमा मोटरसाइकल र टिपर एकापसमा ठोक्किँदा दुई जना गम्भीर घाइते

२०८२ चैत्र २०, शुक्रबार १५:५०
सांकेतिक तस्बिर

बरहथवा – सर्लाही जिल्लाको बरहथवा नगरपालिका – ५ स्थित बालम चोकमा मोटरसाइकल र टिपर एकापसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।

हिँजो ( बिहिबार ) साँझ करिव ५:४० बजे बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००२ प २९४० नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बिआर ३० एम २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक गोडैता नगरपालिका – ६ बस्ने अन्दाजी ४० वर्षीय जयाराम महतो र पछाडि सवार बरहथवा नगरपालिका–६ का ६० वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका छन्।

दुवै जनाको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको तथा हातखुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल उपचारका लागि बरहथवास्थित भेन्स अस्पताल लगिएकोमा अवस्था गम्भीर भएपछि थप उपचारका लागि बीरगञ्ज रिफर गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर चालक धनुषा जिल्लाको मिथिला नगरपालिका–७ बस्ने सन्तोष कुमार महतो रहेका छन्। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय बरहथवाबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्छ। हाल घाइते दुवै जनाको बीरगञ्जमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार