सप्तरीमा विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर १ लाख ४० हजार घुससहित पक्राउ

२०८२ चैत्र २४, मंगलवार २१:३२

सर्लाही – सप्तरीमा नेपाल विद्युत् प्राधिकरणका एक प्रमुख इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। कञ्चनपुर वितरण केन्द्रमा कार्यरत प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार इन्जिनियर दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत् लाइन उपलब्ध गराइदिने सर्तमा सेवाग्राहीसँग घुस मागेका थिए। उक्त विषयमा उजुरी परेपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका – १ स्थित क्षेत्रबाट उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो। पक्राउ परेका दासमाथि आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार