सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

२०८२ चैत्र २५, बुधबार २१:०२
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा करेन्ट लागेर एक ५ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका – १२ घारीबथानमा बुधबार बिहान खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिकै खेल्ने क्रममा करेन्ट एक बालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिकै खेल्ने क्रममा करेन्ट लागेर स्थानीय राम बैलकोटीका छोरा वियान्श बैलकोटी गम्भीर घाइते भएका थिए। सो समयमा रामले आफ्नै खेतमा पानी लगाउन मोटर सञ्चालन गरिरहेका थिए।

करेन्ट लागेर घाइते भएका बालकलाई तत्काल उपचारका लागि ईश्वरपुर नगर अस्पताल बयलबास लगिएको थियो। तर चिकित्सकले जाँच गर्दा दिउँसो १२ बजेतिर उनलाई मृत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार