निर्वाचन सम्पन्न गर्न खेलेको भूमिकाप्रति सुरक्षा निकायलाई मधेशका मुख्यमन्त्री यादवले दिए धन्यवाद

२०८२ चैत्र २७, शुक्रबार २०:२८
file image

सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले ८ वटै जिल्लाका सुरक्षा निकाय तथा अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । मधेश प्रदेश सरकारद्वारा शुक्रबार जनकपुरधाममा आयोजित निर्वाचन समीक्षा तथा सुरक्षा समन्वय कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले हालै सम्पन्न निर्वाचनलाई शान्ति र सुरक्षित बनाउन सुरक्षा निकायले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

उनले ८ वटै जिल्लामो कुनै पनि मतदान स्थलमा कुनै अप्रीय र असंवैधानिक घटना नहुनदिन सुरक्षा निकायले खेलेको भूमिका सम्मानयोग्य रहेको बताए । प्रदेश सरकारसंग आफ्नो प्रहरी प्रशासन नभएपनि समन्यवकारी भूमिकाको आधारमा प्रदेश सरकारलाई सुरक्षाकर्मीहरुले दिँदै आएको सुरक्षाका लागि मुख्यमन्त्री यादवले आभार प्रकट गरेका छन्।

उनले संविधान बमोजिम प्रदेश सरकारले आफ्नो प्रहरी प्रशासन पाउनु पर्ने उल्लेख गर्दै नयाँ सरकारसंग प्रदेशले पाउनु पर्ने अधिकार अब पाउनेमा आशावादी रहेको बताए । सीमानाकामा हुने अप्राधिक गतिविधि, आवतजावत, तस्करीहरु हालसम्म कम हुन नसकेको स्मरण गराउँदै मुख्यमन्त्री यादवले प्रदेश सरकारको मातहतमा प्रहरी प्रशासन भएमा यी समस्याहरु समाधान हुने उल्लेख गरे ।

कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले चुनाव सुरु हुनु भन्दा पहिलादेखिको तयारी र चुनाव सम्पन्न भएपछि मतगणना हुने बेलासम्म खेलेको समन्वयकारी भूमिकाप्रति आभार प्रकट गरेका थिए । उनले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार