सर्लाहीमा स्रोत नखुलेको ८ लाखसहित दुई जना पक्राउ

२०८२ चैत्र २९, आईतवार ०९:१३

मलंगवा – सर्लाहीमा स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको ब्रहम्पुरी गाउँपालिका – ४ क्षेत्रमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा चन्द्रनगर गाउँपालिका – ४ निवासी २३ वर्षीय कृष्णकुमार पासवान र सोही गाउँपालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन्।

भारतबाट मोटरसाइकलमा आएका उनीहरूको शंकास्पद गतिविधि देखेपछि प्रहरीले जाँच गर्दा शरीरबाट ८ लाख रुपैयाँ नगद बरामद भएको जनाएको छ। उक्त रकमको स्रोत खुलाउन नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार