वीरगन्जमा प्रहरी जवानको बीभत्स हत्या

२०८२ चैत्र ३०, सोमबार ०९:१९
सांकेतिक तस्बिर

सर्लाही – पर्साको वीरगन्ज महानगरपालिका–९ मा आइतबार एक प्रहरी जवानको कुटपिटबाट हत्या भएको छ। सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसियाको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चौरसियामाथि आईतबार दिउँसो केही व्यक्तिहरूको समूहले आक्रमण गरेको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

उपचारकै क्रममा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूको परिचय अनुसन्धानमा असर पर्ने भन्दै सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले घटना व्यक्तिगत सम्बन्ध र वैवाहिक विवादसँग जोडिएको हुन् सक्ने अनुमान गरिएको च। यद्यपि, घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार