सर्लाही – धनुषा जिल्लामा तीन दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बटेश्वर गाउँपालिका – ४ स्थित बाँसघारीमा स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक सोही क्षेत्रका करिब ६० वर्षीय जगतबहादुर थापा रहेको पहिचान गरिएको छ। उनी गत बुधबार साँझदेखि घरबाट हराइरहेका थिए। स्थानीय जगदीश रविदासले बाँसघारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको हो। मृतकका परिवारका अनुसार बेपत्ता हुनुअघि उनले मदिरा सेवन गरेका थिए।
प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





