सर्लाही – रौतहटबाट श्रोत नखुलेको ५ लाख भन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको राजदेवी नगरपालिका – ८ सोफियामाई सिमा क्षेत्रबाट श्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सितामढी जिल्ला निवासी ४५ वर्षीया नजिर नट र सर्लाहीका ५५ वर्षीय मुम्ताज अन्सारी रहेका छन्। उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको करिव ५ लाख २२ हजार रकम बरामद भएको छ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बि.ओ.पि. वेलविछवाबाट खटिएको गस्ती टोलीले सानो सिमा स्तम्भ नम्बर ३४३–२ नजिकैबाट पक्राउ गरेको हो। बिआर ०६ ए ६२९२ नम्बरको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका उनीहरूलाई चेकजाँचका क्रममा उक्त रकम फेला परेको थियो।
रकमको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। बरामद रकम, मोटरसाइकल र दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।





