दुई लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

२०८३ बैशाख ४, शुक्रबार २०:४२

सर्लाही – भैरहवामा मालपोत कार्यालयका एक नायब सुब्बा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार उनले सर्जमिन मुचुल्का तयार गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ माग गरेका थिए। सोही रकम लिने क्रममा उनलाई भैरहवा बजार क्षेत्रबाट रंगेहात पक्राउ गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार