सप्तरीमा मन्दिर प्राङ्गणमा तरबारले केक काटेर जन्म दिन मनाउने चार जना पक्राउ

२०८३ बैशाख ४, शुक्रबार २०:५५
साङ्केतिक तस्बिर

सर्लाही – सप्तरीमा मन्दिर प्राङ्गणमा तरबार प्रयोग गरी केक काटेर जन्मदिन मनाएपछि चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मो. इमरानसहित हनुमाननगर कङ्कालिनी नगरपालिका – १ का २० वर्षीय धर्मवीर मालाकार, १८ वर्षीय करण कुमार दास र १९ वर्षीय गोविन्द खड्का रहेका छन्।

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका – १ भारदहस्थित कङ्कालिनी मन्दिर प्राङ्गणमा उनीहरुले जन्म दिन मनाउने क्रममा तरबारले केक काटेका थिए । तिरहुत गाउँपालिका – ५ बुधेवा निवासी २३ वर्षीय मो. इमरानको जन्मदिन मनाउने क्रममा तरबारले केक काटिएको थियो।

प्रहरीका अनुसार बैशाख २ गते साँझ उनीहरू भेला भई जन्मदिन मनाउने क्रममा तरबार प्रयोग गरी केक काटेका थिए। त्यसको पछिल्लो दिन प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार