मलंगवा – जिल्लामा चैत महिनाभर ९६ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। सो अवधिमा १२५ वटा सवारी साधनहरु दुर्घटना परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएका छन्। तीव्र गति, मापसे गरी सवारी चलाउनु र ट्राफिक नियम उल्लंघन मुख्य कारणका रूपमा देखिएको छ।

दुर्घटना न्यूनीकरणका लागि प्रहरीले चेकजाँच र निगरानी बढाएको जनाएको छ। चैत महिनामा गरिएको ट्राफिक कारबाहीबाट १३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।





