महोत्तरीमा चलिरहेको टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु, चार जना घाईते

२०८३ बैशाख ५, शनिबार २१:४९
सांकेतिक तस्बिर

सर्लाही – महोत्तरीमा चलिरहेको टेम्पोमाथि रुख खस्दा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। शनिबार साँझ आएको हावाहुरीका कारण जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पूमाथि सडक किनारमा रहेको सपेताको रुख ढलेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय पुरुष र महोत्तरीको एकडारा गाउँपालिका – ३ का ३३ वर्षीय राहुल मलिकको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा टेम्पो चालक जलेश्वर नगरपालिका – ११ का ५२ वर्षीय हरेन्द्र ठाकुरसहित एकडारा गाउँपालिका–३ की ३३ वर्षीया फेकनी देवी मलिक, जनकपुरधाम – १२ का १७ वर्षीय धिरज मलिक र जनकपुरधाम–२० निवासी १४ वर्षीया रिया पण्डित घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था गम्भीर रहेको छ। उनीहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने मृतकका शव पनि सोही अस्पतालमा राखिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार