महोत्तरीमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ बर्षिय पुरुष पक्राउ

२०८३ बैशाख ६, आईतवार १९:४०
सांकेतिक तस्बिर

सर्लाही – महोत्तरीमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ बर्षिय एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका-१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय बेचु भन्ने शिव शंकर आले मगर रहेका छन्।

प्रहरीका अनुसार उनलाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार